७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


चिसोको कारण जनजीवन कष्ठकर बन्दै


0
Shares

काठमाडौं । तराईका विभिन्न जिल्लाहरुमा जाडो बढ्दै गएको छ । चिसोको कारण जनजीवन कष्ठकर बन्दै गएको छ । केही दिनदेखि घाम लाग्न छाडेर मौसम धुम्मिनुका साथै बिहान–बेलुका र रातको समयमा चिसो हावा लाग्दा जनजीवन प्रभावित बनेको हो ।

चिसो बढेपछि स्थानीयहरुले दिनभर आगो तापेर बिताउन थालेका छन् । चिसोले न्यानो कपडा नभएका अति विपन्न र दैनिक मजदुरी गरेर खाने दलित परिवार झनै प्रभावित बनेका छन् ।

चिसोकै कारण अहिले मानिसको चहलपहलमा कमी आएको छ । वृद्धवृद्धा र बालबालिकालाई पनि सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको छ ।