
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गरे भने थियागो अलाकान्टरा र भिर्गिल भान डाइकले एक एक गोल गरे । खेलको ३२ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २–० को बनाए ।
३७ औं मिनेटमा थियागोले गोल गरेपछि लिभरपुलको अग्रता ३–० को बन्यो । त्यसपछि खेलको ५२ औं मिनेटमा डाइकले गोल गर्दै लिभरपुललाई ४–० को जित दिलाए । जितसँगै लिभरपुलले १३ खेलमा २८ अंक जोडेको छ । लिभरपुल लिगको दोस्रो स्थानमा रहेको छ । साउथह्याम्पटन १४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्