२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


कांग्रेस ललितपुर सभापतिमा १२ मतले राणा निकट श्रेष्ठ विजयी


0
Shares


काठमाडौ । नेपाली कांग्रेसको ललितपुर सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ ।

आइतबार भएको निर्वाचनमा श्रेष्ठले प्रतिष्पर्धी रामकृष्ण चित्रकारलाई पराजित गर्नुभएको हो । श्रेष्ठले ६ सय ६५ र चित्रकारले ६ सय ५३ मत ल्याएका थिए ।
शनिबार भएको निर्वाचनमा प्रतिष्पर्धी श्रेष्ठ, चित्रकार र मीनकृष्ण महर्जनले ५० प्रतिशत कटाउन नसकेपछि दुई जनाबीच आज फेरि प्रतिष्पर्धा भएको हो ।
श्रेष्ठलाई पूर्व अर्थराज्यमन्त्री उदय शम्सेर राणाको समर्थन रहेको थियो । उता चित्रकार भने पूर्व जिल्ला सभापति मदन अमात्य निकट हुनुहुन्छ । पहिलो चरणमा तेस्रो हुनुभएका मीनकृष्ण महर्जनले चित्रकारलाई समर्थन गर्नु भएको थियो । तीन जना उम्मेदवार बनेको अवस्थामा र ५० प्रतिशत मत कटाउन नसक्दा पहिलो र दोसा्रे हुनेबीच प्रतिस्पर्धा हुने कांग्रेस विधानमा उल्लेख छ ।

राणा र अमात्य दुबै संस्थापन अर्थात पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका भएपनि ललितपुर उनीहरुको छुट्टा छुट्टै समूह छ । पछिल्लो समय ललितपुरमा राणा बलियो देखिनु भएको छ ।