
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा सहमतिबाट नेतृत्व चयनको प्रयास बिफल हुने संभावना बढेको छ । रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेपनि त्यसमा सर्वसम्मती हुने सकेको छैन ।
उपाध्यक्ष भिम रावल लगायतका केही नेताहरुले ओलीको सूचीमा असहमती जनाएपछि जारी महाधिभवेशन निर्वाचनतर्फ मोडिएको हो ।
राति अबेर सुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्नुभयो । लगतै अध्यक्ष मण्डलमा छलफल गर्नुभएक ओलीले भीम रावललाई उपाध्यक्षमा मनाउने प्रयास गर्नुभयो ।
तर रावल उहाँको प्रस्तावमा सहमत नभएपछि निर्वाचनको वातावरण तयार भएको हो । ओलीले अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि १९ सदस्यीय पदाधिकारी प्रस्ताव गर्नुभएको छ । आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गरेका उहाँले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम लिनुभयो ।
उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्बाङ छन् । यस्तै महासचिवमा शंकर पोखरेललाई अघि सार्नुभएक ओलीले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गर्नुभएको छ । सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्