
काठमाडौं । नेपाली कांग्रेस गुल्मीको सभापतिमा पौडेल पक्षका खिलध्वज पन्थी निर्वाचित भएका छन् ।
आइतबार भएको पुनः मतदानमा पन्थीले देउवा पक्षका बेदबहादुर थापा मगरलाई ८८७ मत अन्तरले पराजित गरेका हुन् ।
पन्थीले एक हजार २७१ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी थापा मगरले ३८४ मत मात्रै ल्याएका थिए ।
पन्थी निर्वतमान जिल्ला कार्य समिति सचिव थिए भने थापा महाधिवेशन प्रतिनिधि हुन् ।
शनिबार र आइतबार सभापतिसहित जिल्ला कार्यसमितिका लागि मतदान भएको थियो ।
गुल्मीमा एक हजार ६९३ मत खसेको थियो ।
शनिबार जिल्ला सदरमुकाम तम्घासमा मुसिकोट नगरपालिकामा केहिबेर मतदान चलिरहेका बेला मतपत्रका संकेत गरिएको भन्दै केही बेर मतदान नै स्थगित गरिएको थियो ।
स्थगित निर्वाचन सहमति पश्चात आइतबार मतदान पुनः गरिएको थियो ।
जिल्ला कार्य समितिका अरु पदमा पनि निर्वाचन भएको थियो ।
जसअनुसार उपसभापति पदमा अनन्तराम पौडेल र शिवबहादुर खत्री, सचिव पदमा जगदिस भट्टराई र भगतसिंह खड्कातथा सह–सचिव पदमा छविलाल पाण्डे र धर्मराज पाण्डे निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्