२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘ए’ डिभिजन लिगमा आज दुई खेल


0
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । दिउँसो १ बजे हुने पहिलो खेलमा न्युरोड टिम एनआरी र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिड्नेछन् । यसगरी साँझ पौने ५ बजे हुने दोस्रो खेलमा साविक मच्छिन्द्र फुटबल क्लबले त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

यसअघि हिजोको खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लबले जारी लिगमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिसलाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे । यो जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ । लगातार दोस्रो हार बेहोरेको जावलाखेलले अंकको खाता खोल्न सकेको छैन ।