१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रियलको पुनरागमन जित


0
Shares

एजेन्सी । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ ।

आइतबार राति भएको खेलमा रियलले एक गोलको अग्रता उल्टाएर सेभियालाई २–१ ले पराजित गरेको हो ।

रियलका लागि करिम बेन्जेमा र भिनिसियस जुनियरले एक एक गोल गरे । सेभियाका लागि भने राफा मिरले एक गोल गरे ।

खेलको १२ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । तर, ३२ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई बराबरी गोल फर्काए । त्यसपछि ८७ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई २–१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा रहेको रियलको १४ खेलबाट ३३ अंक रहेको छ । रियलले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई ४ अंकले पछि पारेको छ । पराजित सेभिया २८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।