
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने हनु भएको छ । आज राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर उहाँले अध्यक्ष पदमा उठ्ने घोषणा गर्न लाग्नु भएको हो ।
थापाले आफू फेरि किन राप्रपाको अध्यक्ष उठ्न लागेको भन्नेबारे विस्तृतमा आज राष्ट्रिय सभागृहमा कार्यक्रममा बताउने उल्लेख गर्नुभएकोछ । राप्रपाले यही मंसिर १५ देखि १७ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ ।
थापा अहिले पनि राप्रपा अध्यक्ष हुनुहुन्छ । राप्रपामा थापास हित पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहनुभएको छ । यसअघि सोही पार्टीको नेता राजेन्द्र लिङदेनले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्