१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वरिष्ठ उपाध्यक्षमा, महासचिव र उपमहासचिव सहित पाँचजना पदाधिकारी निर्विरोध निर्वाचित


0
Shares

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष केपी ओलीसमेत आन्तरिक प्रतिस्पर्धामा भिडिरहनु परेका बेला पाँचजना पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् ।

बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा उम्मेदारी दर्ता नपरेपछि पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन् ।

अध्यक्ष केपी ओलीले सोमबार बिहान प्रस्ताव गरेको पदाधिकारीको सूचीमा अन्यको उम्मेदवारी दर्ता भए पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा अन्यको दाबी नपरेपछि स्वतः निर्विरोध भएका हुन् ।

१०औं महाधिवेशनबाट पाँचजना विजय हुने निश्चित प्रायः हुन भए पनि औपचारिक पमा घोषणा भने निर्वाचन आयोगले गरिसकेको छैन ।