१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अन्नपूर्ण प्रथम आधार शिविर अब एकै दिनमा पुग्न सकिने


0
Shares

काठमाडौं । अन्नपूर्ण प्रथम आधार शिविर अब एकै दिनमा पुग्न सकिने भएको छ । आधार शिविर जाने पदमार्ग छोटिएसँगै अब आधार शिविर एकै दिन पुग्न सकिने भएको हो ।

पहिले सात दिन लाग्ने पदमार्गमा हाल पर्यटकहरु नारच्याङबाट हुमखोलासम्म सवारी साधन र त्यहाँबाट करिब १५ किलोमिटर पदयात्रा गरी एकै दिन आधार शिविर पुग्न थालेका हुन् । सडक, पदमार्ग लगायतका पर्यटन पूर्वाधारले अब अन्नपूर्ण आधार शिविरमा दुई दिनकै अवधिमा पुगेर फर्कन सकिने भएको छ ।

अन्नपूर्ण हिमालको आधार शिविर पुग्न सकिने गरी विकास गरिएको यो पदमार्ग छोटो दूरीको पैदल यात्रामा पुग्न सकिने सम्भवतः नेपालको पहिलो आधार शिविर भएको बताईएको छ ।