
काठमाडौं । नेकपा (एमाले) नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले पार्टीका कुनै कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ ।
सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले आफू एमालेको कार्यकारी पदबाट बिदा दिएको घोषणा गर्नुभएको हो ।
उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’
नेता पण्डितले आफूलाई सचिव पदको दाबेदार भन्दै आउनुभएको थियो ।
आइतबार अबेर राति अध्यक्ष केपी शर्मा ओली ले ३ सय १ जना केन्द्रीय सदस्यको नाम पेश गर्नुभएकोमा पण्डितलाई पण्डितलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्