
काठमाडौं । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालय हुम्लाले दुई चरणमा फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।
हुम्लामा मंसिर १७ गतेबाट मतदाता नामावली संकलन सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणमा चंखेली ताँजाकोट र नाम्खा गाउँपालिकामा मतदाता नामावली संकलन हुने जनाइएको छ ।
मंसिर २९ गतेबाट सुरु हुने अर्को चरणमा खार्पुनाथ, सर्केगार्ड र अदानचुली गाउँपालिकामा मतदाता नामावली संकलन हुनेछ । गाउँपालिका केन्द्रमा सञ्चालन हुने फोटोसहितको मतदाता नामावली संकलन कार्य दश दिनसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्