
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त हुनुभएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तात्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्तमा पर्नुभएको थियो ।
नयाँ सदस्य सचिवको नाम सिफारिस गर्न युवा तथा खेलकुद मन्त्रालयले एक सिफारिस समिति गठन गरेको थियो ।
दरखास्त आह्वान गर्दा १८ जनाले दावी पेश गरेकाम सिफारिस समितिले घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम राखेप सदस्य सचिवका लागि सिफारिस गरेको थियो ।
नेपाल रग्वि संघका अध्यक्ष रहेका घिसिङ माओवादी केन्द्रको बागमती प्रदेश सचिवालय समिति सदस्य पनि हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्