१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूमिगत तारले काठमाडौंका सडक अस्तव्यस्त, पैदलयात्रीले फुटपाथ पाएनन्


0
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सडकसँग सम्बन्धित विभिन्न निकायबीच समन्वय नहुँदा काठमाडौंका सडक अस्तव्यस्त छन् ।

भूमिगत तार बिच्छ्याउने नाममा प्राधिकरणले फुटपाथ अस्तव्यस्त बनाएको छ । पैदलयात्रीले बाटो गुमाएका छन् भने सडक धुलो र खाल्डाखुल्डीले जोखिमपूर्ण बन्दै गएको छ ।

विद्युत्का लागि तार भूमिगत गर्दा प्राधिकरणले सडक खन्ने तर विभागले समयमा पुर्ननिर्माण नगरिदिँदा समस्या भएको स्थानीयको गुनासो छ ।

सबै सडकमा विभागको नियन्त्रण नरहेको भन्दै अन्य निकायले व्यवस्थापन गर्ने सडकको विभागले जिम्मा लिन नसक्ने विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवप्रसाद नेपालले बताउनुभयो ।

प्रवक्ता नेपालका अनुुसार आवागमनमा समस्या हुने भएर नै सबै काम प्राधिकरणलाई जिम्मा दिएको हो । प्राधिकरणकै निर्माण व्यवसायीले निर्माण गर्ने सर्तमा धरौटी पनि नराखी अनुमति दिएकोले विभागलाई दोषरोपण गर्न नहुने उहाँको भनाइ छ ।

तार भूमिगत गर्न चार खण्डमा आयोजना बनाइ काम गरिरहेको प्राधिकरण र सडकसँग सम्बन्धित निकायसँग समन्वयको अभाव दुई निकायबीचको तालमेल नमिलेको देखिएएको छ ।

तर, सम्बद्ध निकायका अधिकारीहरू भने यो मान्न तयार छैनन् । बरु उनीहरू पानी परेका कारण काम समयमा नसकिएको तर्क गर्छन् ।

नेपाल विद्युत् प्राधिकरणले उपत्यका भित्रको भूमिगत तार बिच्छ्याउने काम ४० प्रतिशत सम्पन्न गरेको छ । २०७५ साल चैत १ गते सम्झौता गरी २०७६ फागुन ५ बाट शुरु भएको काम अबको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।