
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरूले पनि सरकारी विज्ञापन पाउने बताउनुभएको छ ।
सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशनमा मन्त्री शर्माले प्रेस काउन्सिललाई कार्यविधि बनाइ मूल्याङ्कन गरेर अनलाइनहरूलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडी बढ्ने बताउनुभयो ।
मन्त्री शर्माले त्यसको लागि प्रेस सेन्टरले पनि थप पहल गर्दा अझ चाँडै प्रक्रिया अगाडी बढ्नसक्ने पनि बताउनुभयो ।
यसअघि रेडियो, टेलिभिजन र पत्रपत्रिकाले मात्र लोक कल्याणकारी विज्ञापन पाइरहेका थिए । कार्यविधिमा अनलाइनलाई सरकारी विज्ञापन दिने कुनै नीति नभएकाले प्रेस काउन्सिल र सूचना तथा प्रसारण विभागले अनलाइनलाई सरकारी विज्ञापन दिने गरेको थिएन ।
अर्थमन्त्री शर्माले नेपाललाई नयाँ मार्गचित्रमा लैजान आवश्यक रहेको बताउँदै अब नेपालमा समाजवादतर्फ नयाँ बाटोको आवश्यकता भएको औंल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्