१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मछिन्द्र र आर्मी तथा ब्रिगेड ब्वाइज र एनआरटी गोलरहित बराबर


0
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र एफसी बराबरीमा रोकिएको छ ।

सोमबार भएको खेलमा मछिन्द्रले साविक उपविजेता त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा दुवै टोलीले प्रशस्त मौका पाए पनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो ।

यसैगरी, सोमबार नै भएको पहिलो खेलमा पनि ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीले पनि गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । बराबरीसँगै ब्रिगेडले २ खेलमा ४ अंक जोडेको छ ।

पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपीएफलाई पराजित गरेको थियो । एनआरटीको भने यो पहिलो १ अंक हो । पहिलो खेलमा एनआरटी साविक विजेता मछिन्द्र एफसीसँग पराजित भएको थियो ।