१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चिसो बढेपछि हिमाली भेगबाट भेडा तल्लो भेगमा झर्दै


0
Shares

काठमाडौं । गर्मी सिजनमा हिमाली भेगमा गएका भेडागोठ जाडो बढेसँगै बिस्तारै तल्लो भेगमा झर्न थालेका छन् । यसवर्ष भएको बेमौसमी बर्षा र हिमपातका कारण छिटै जाडो बढेकाले एकैचोटी भेडा गोठहरु झारिएको हो ।

भेडालाई सिजनअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने किसानहरु बताउँछन् । चिसो सिजनमा पहाड हुँदै तराईसम्म लाने र फेरि गर्मी सिजन शुरु भएपछि क्रमशः फर्काउने गरिन्छ ।

भेडालाई धेरै चिसो र धेरै गर्मी हुनुहुँदैन, तापक्रमअनुसार गोठ सार्नुपर्ने हुन्छ । यता, मुख्यतः पूर्वी पहाडका गुरुङ जातिको पुख्र्यौली पेशा मानिएको भेडापालन व्यवसाय घट्दै गएको भए पनि केहीले अझै आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन् । पछिल्लो समय सामुदायिक वनको आफ्नै किसिमका नीति नियमका कारण तथा युवापुस्ताले सो पेशालाई आफ्नो रोजाइमा नपारेपछि व्यवसाय नै धरापमा पर्न लागेको भेडापालकहरुको भनाइ छ ।

भेडाको ऊनबाट ओछ्याउने राडी तथा जाडोयाममा चिसोबाट बच्न सिरकको रुपमा प्रयोग गरिने पाखी तयार गर्ने गरिन्छ ।