१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोनाको नयाँ भेरियन्टबाट आतंकित हुनु नपर्ने बाइडेनको भनाइ


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिनु चिन्ताको बिषय भए पनि आतंकित हुनु नपर्ने बताएका छन् ।

उत्तर अमेरिकामा यो भेरिएन्ट फेला परेपछि ह्वाइट हाउसमा सम्बोधन गर्दै बाइडेनले अमेरिकामा तत्काल लकडाउन नगर्ने स्पष्ट पारे । यो भेरिएन्ट अमेरिका भित्रिने निश्चित भएको भन्दै उहाँले सबै नागरिकलाई कोरोना बिरुद्धको बुस्टर डोज लगाउन पनि आग्रह गरेका छन् ।

सम्बोधनकै क्रममा बाइडेनले अमेरिकी खोप कम्पनीहरुले आवश्यक योजनाहरु तयार पारिरहेको पनि स्पष्ट पारे । अमेरिकाले गता साता अफ्रिकी मुलुक दक्षिण अफ्रिाका लगायत अन्य ६ राष्ट्रहरुमाथि यात्रा प्रतिबन्ध लगाइसकेको छ ।

बाइडेनले प्रतिबन्धका बीच ओमीक्रोनबारे थप अध्ययन अनुसन्धान गर्ने समय मिल्ने भन्दै आम नागरिकलाई सचेत रहन आग्रह गर्नुभएको छ ।