
एजेन्सी । अष्ट्रेलियाले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण हुनसक्ने भन्दै २ साताका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको छ। जसको प्रत्यक्ष असर नेपालीसहित अन्य मुलुकका बिद्यार्थीहरुमा परेको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले डिसेम्बर १ देखि बिदेशी बिद्यार्थीलाई भित्रिन नदिने निर्णय समेत गरेकाले अष्ट्रेलिया अध्ययनका लागि जाने तयारी गरेकाहरु अलपत्र परेका छन् । अहिलेको निर्णय अनुसार उनीहरु डिसेम्बर १५ सम्म अष्ट्रेलिया जान पाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस्