
काठमाडौं । नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतदान स्थलमा कसैलाई भोट नहाल्नु भन्दै पर्चा बाँड्नु गलत भएको बताउनु भएको छ ।
मतदानस्थलमा कसैलाई भोट नहाल भनेर सूची बाँड्नु आचारसंहिता विपरीत काम भएको बताउँदै आयोगका अध्यक्ष सुब्बाले त्यस्तो पर्चा हटाउन प्रहरी तथा प्रशासनलाई आग्रह गरिसकेको जानकारी दिनुभयो ।
नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा बाँडेका थिए । यस कार्यप्रति अध्यक्षका उम्मेदवार भीम रावलले विरोध गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्