२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


एक सयले घट्यो सुनको मूल्य


0
Shares

gold

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्यमा पनि आज १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।