
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पाल्पा चिर्तुङधाराका बस चालक भुपेन्द्र खनाल रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि पोखरास्थित फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा लगिएको छ । लु १ ख ७७६६ नम्बरको बस बिहान पोखराबाट बाग्लुङ जाँदै थियो ।
बस सडकबाट ३० मिटर तल खसेको छ । दुर्घटनाबार विस्ततृ बिवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्