
बर्दिया । नेपाली कांग्रेस बर्दिया सभापतिमा अरुण प्रकाश सिंह राठौर निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेस बर्दिया सभापतिमा अरुण प्रकाश सिंह राठौर निर्वाचित हुनु भएको छ ।
कुल खसेको १५७८ मत मध्य देउवा समूहका राठौरले ८७० मत ल्याउनु भएको छ भने पौडेल समूहका भुवनेश्वर चौधरीले ६७८ मत ल्याउनु भएको छ । १९२मत अन्तरले राठौर निर्वाचित हुनुभएको हो ।
यस्तै उपसभापतिमा गोबिन्द प्रसाद थारुले ८६० मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । भने उहाँका निकटतम प्रतिद्वन्दी सोदे बिस्ले८५९ मत प्राप्त गर्नु भएको छ भने तिलक बहादुर बुढाक्षेत्रीले ६१४ र सुभाष कुमार पोख्रेलले ६०० मत प्राप्त गर्नुभयो ।
सचिवमा मिनराज चौधरीले ८४८ र जग्गा प्रसाद पान्डेले ८२९ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । सचीव पदका दिपक राज तिमिल्सेना ६६३ र सुधाशु प्रकाश शर्मा ९लालु० ६५३ मत प्राप्त गर्नु भयो ।
सहसचिवमा तिलक लम्साल ९२९ र मेक बहादुर गुरुङले८६९ प्राप्त गरि निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी युगपति पौडेले ५५४ र विनोद राय यादव ५४८ मत प्राप्त गर्नुभयो ।बर्दियामा राठौरको पुरै प्यानल विजयी भएको छ ।
प्रतिक्रिया दिनुहोस्