
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वरस्थित कोटदेवी मन्दिर नजिकैबाट प्रहरीले तास खेलिरहेका ५ जना जुवाडेलाई सोमबार साँझ पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरको टोलीले कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।
२० बुक ताससहित पाँच जनाबाट ६ लाख ५८ हजार ६३० रुपैयाँ बरामद गरेको छ ।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा घर धनी ४४ वर्षीय कार्की, पेप्सीकोला बस्ने ४४ वर्षीय नवराज थपलिया, ४० वर्षीय दीपक तामाङ, ललितपुरको लुभु ३२ वर्षीय दीपक तिम्लसिना र कोटेश्वर बस्ने ३० वर्षीय सागर केसी छन् ।
उनीहरुविरुद्ध जुवा ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्