१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमाले महाधिवेशन : खादा मालाको व्यापार सुरु


0
Shares

काठमाडौं । चितवनमा जारी नेकपा एमालेको दसौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिनुभन्दा केही समय अगाडिदेखि नै व्यापारीहरुले बेच्नका लागि खादा माला ल्याएर राखेका छन् ।

व्यापारीहरुले निर्वाचनमा निर्वाचित उम्मेदवारहरुलाई लगाइदिएर बधाई दिन खादा, माला, टीकालगायतका सामग्री बेच्नका लागि तयार पारेर राखेका हुन् ।

मंगलबार बिहान चार बजेदेखि सुरु भएको निर्वाचन बिहान करिब साढे १० बजे सकिएको थियो । उक्त मतदानमा दुई हजार एक सय ५३ प्रतिनिधि मध्ये दुई हजार ७९ मत खसेको छ ।

निर्वाचन समिति संयोजक विजय सुब्बाले रुजु प्रक्रिया सुरु गरेकोले अब केही समयभित्र नतिजा सार्वजनिक हुने बताउनु भएको छ ।

अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि मतदान भएको थियो ।