
काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ ।
आज बिहान नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको एमाले केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।
मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मतगणना ३ घण्टाभित्रै परिणाम प्राप्त हुने बताइएको छ ।
मतदानमा २ हजार १ सय १४ जनाले मतदान गरेका छन् । २ हजार एक सय ५३ मतदातामध्ये ३९ जना अनुपस्थित भएका छन् ।
अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । जसमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा मगर, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङको उम्मेदवारी परेको छ ।
त्यसैगरी ७ सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी छ । ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्य निर्विरोध भएका छन् भने केही केन्द्रीय सदस्यहरुका लागि मतदान भएको छ ।
प्रतिक्रिया दिनुहोस्