२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अध्यक्षमा हारे कुनै पनि कमिटीमा बस्दिन : भीम रावल


13
Shares

काठमाडौं । नेकपा (एमाले)का निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ ।

अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनुभयो ।

मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उहाँले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रीय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहो¥याउनुभयो ।

‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन र अध्यक्ष पदमा विजय भए सपथ लिन्छु, अरुमा त मैले भरेकै छैन भन्ने कुरा मेरो यथावत छ,’ उहाँले भन्नुभयो, ‘अब प्रतिनिधिहरूले मत दिएनन् भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरो लागि ।’

रावलले पार्टीको आठौं महाधिवेशनमा पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नदिएकाले सपथ नलिएको पनि स्मरण गराउनुभयो । उहाँले महाधिवेशनको मत परिणाम २ घण्टा भित्रै आउने आफूले अपेक्षा गरेको बताउनुभयो ।

रावलले एमालेको जारी दशौं महाधिवेशनमा निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो ।