१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेप्सेमा सामान्य गिरावट, कारोबार ३ अर्बमा खुम्चियो


0
Shares

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज समान्य गिरावट आएको छ ।

आइतबार र सोमबार पहिरो गएको सेयर बजार मंगलबार १ अंकले घटेर २६ सय ३८ विन्दुमा पुगेको छ । यस दिन ठूला कम्पनीहरुको मापन सेन्सेटिभ इडेक्स शून्य दशमलव १८ अंकले बढेर ४ सय ९५ पुगेको छ ।

यस दिन कारोबार रकममा पनि कमी आएको छ । सोमबार ४ अर्बको कारोबार भएको सेयर बजारमा मंगलबार ३ अर्बमा खुम्चिएको छ ।

निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ९६ अंकले उकालो लाग्दा विकास बैंक समूह ४० र अन्य समूह १४ अंकले बढेको छ । यस्तै, जीवन बीमा समूह ६९ अंकले घट्दा व्यापार समूह २२ अंकले ऋणात्मक रह्यो ।

मंगलबार साम्लिङ पावर कम्पनी र न्यादी हाइड्रोपावरका कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाएका छन् ।