२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


एमाले अध्यक्षमा दोस्रो कार्यकालका लागि ओली निर्वाचित


0
Shares

काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ८ सय ३७ मत पाउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी भीम रावलले २ सय २४ मत पाउनुभएकाे एमाले नेता महेश बस्नेतले जानकारी दिनुभयाे ।

उपाध्यक्षको मत गणना सुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मतदानमा गएको थियो । विहान ४ बजेबाट मतदान सुरु भएको मतदान ११ बजे सकिएको थियो ।