
एजेन्सी । बंगलादेशको भ्रमणमा रहेको पाकिस्तानले पहिलो टेस्ट क्रिकेटमा जित निकालेको छ ।
दुई खेलको टेस्ट सिरिजको पहिलो खेल पाकिस्तानले ८ विकेटले जितेको हो । बंगलादेशले दिएकोे २ सय २ रनको लक्ष्य पाकिस्तानले २ विकेट गुमाएर पूरा ग¥यो ।
पाकिस्तानलाई जित दिलाउन दोस्रो इनिङ्समा अविड अलीले सर्वाधिक ९१ रनको जोड्दा अब्दुल्लाह सफिकले ७३ रन बनाए । अजर अलि २४ रनमा अविजित रहे । बंगलादेशका मेहदी हसन मिराज र तैजुल इस्लामले १–१ विकेटले हात लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले पहिलो इनिङ्समा ३ सय ३० रन जोडेको थियो । बंगलादेशका लागि लिटोन दासले १ सय १४ तथा मुसफिकर रहिमले ९१ रनको योगदान गरेका थिए । पाकिस्तानका हसन अलीले सर्वाधिक ५ विकेट हात पारे ।
पहिलो इनिङ्सको जवाफमा पाकिस्तानले २ सय ८६ रन जोडेको थियो । बंगलादेशका तैजुल इस्लामले ७ विकेट हात पारेका थिए । दोस्रो इनिङ्समा भने बंगलादेश १ सय ५७ रनमै समेटिन पुगेको थियो । जसमा लिटन दासले सर्वाधिक ५९ रनको योगदान गरे ।
पाकिस्तानका साहिन शाह अप्रिदीले सर्वाधिक ५ विकेट हात पारे । बंगलादेश र पाकिस्तानबीचको दोस्रो टेस्ट आगामी शनिबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्