१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित, अष्टलक्ष्मीको सबैभन्दा बढी मत


0
Shares

काठमाडौं । एमालेको उपाध्यक्ष्मा उम्मेदवारी दिनुभएका नेता घनश्याम भुसाल पराजित हुनुभएको छ ।

पार्टीकाे दशाैं महाधिवेशन अन्तर्गत साैराहमा भएकाे निर्वाचनमा ६ पदका लागि सात जनाले प्रतिस्पर्धा गरेकोमा सबैभन्दा कम ७ सय २५ मत आएसँगै उहाँ पराजित हुनुभएको हो ।

उपाध्यक्षको उम्मेदवारमध्ये अष्टलक्ष्मी शाक्यले सबैभन्दा बढी १ हजार ९ सय ७६ मत ल्याएर विजयी हुनुभएको छ ।

यस्तै, विष्णु पौडेलले १ हजार ९ सय २५, सुरेन्द्र पाण्डेले १ हजार ८ सय ५६, सुवास नेम्वाङले १ हजार ८ सय ६५, युवराज ज्ञवालीले १ हजार ८ सय ४२ र रामबहादुर थापाले १ हजार ७ सय ६८ मत ल्याउँदै विजयी भएका हुन् ।

यसअघि एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित हुनुभएको छ । उहाँले १ हजार ८ सय ४० मत ल्याउँदा प्रतिस्पर्धी भीम रावलले २ सय २४ मत ल्याएको नेता महेश बस्नेतले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।