
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनले आगामी पाँच वर्षको लागि नेतृत्व चयन गरेको छ ।
सर्वसहमतिको प्रयास असफल भएसँगै मंगलबार बिहान भएको मतदानपछि एमालेले आफ्नो १९ सदस्यीय पदाधिकारी र ३ सय १ सदस्यीय केन्द्रीय सदस्य चयन गरेको छ ।
एमाले अध्यक्षमा केपी शर्मा ओलीले भीम रावललाई ठूलो मतान्तरले पराजित गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै, मंगलबारै भएको निर्वाचनबाट उपाध्यक्षमा सुवास नेम्वाङ, युवराज्ञ ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे बाजी मारेका छन् ।
साथै सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, रघुवीर महासेठ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।
निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको औपचारिक कार्यक्रमका बीच शपथग्रहण समारोह हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्