
काठमाडौं । नेकपा (एमाले)का नवनियुक्त अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले अध्यक्ष ओलीलाईं शपथग्रहण गराउनुभएको हो । अध्यक्षको शपथग्रहण गरेसँगै ओलीले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथग्रहण गराउनुभयो ।
चितवनमा सौराहमा बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय सदस्य चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्