३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


अरुको पार्टीको चिन्ता नगर्न कार्यकर्तालाई देउवाको आग्रह


0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विगतका दिनमा पार्टी भित्र अन्तरघात भएको स्मरण गर्दै अब एकतावद्ध भएर अघि बढाउनु पर्ने बताउनुभयो ।

अरुको पार्टीमा आँखा लगाउन छोडेर आफ्नो पार्टीलाई अरुको भन्दा ठूलो पार्टी बनाउन जोड दिनुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनुपर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताउनुभयो ।