२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाँच लाख भनेका थियौं, उद्घाटनमा त्यो भन्दा धेरै मानिस आउनुभयो : अध्यक्ष ओली


0
Shares

काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पाँच लाखभन्दा धेरै मानिस जम्मा भएको दावी गर्नुभएको छ ।

दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको महाधिवेशन उद्घाटन समारोहमा ५ लाखभन्दा धेरै मानिस जम्मा भएको दाबी गर्नुभयो ।

‘बाटाघाटा, चोक, गल्ली, सवारी, गाडीले नथेग्नेगरी मानिस आउनुभयो,’ उहाँले भन्नुभयो, ‘हामीले ५ लाख भनेका थियौं तर त्यो भन्दा धेरै मानिस जम्मा भए, उहाँहरु सबैलाई धन्यवाद ।’

अध्यक्ष ओलीले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गर्नुभएको छ ।