२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


महाधिवेशनबाट ओलीले भने, ‘सरकारलाई धन्यवाद !’


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाइ धन्यवाद दिनुभएको छ ।

दशौं राष्ट्रिय महाधिवेशनको समापनमा सम्बोधन गर्दै उहाँले महाधिवेशन सम्पन्न गर्न सरकारले सुरक्षा व्यवस्था मिलाइदिएको धन्यवाद दिनुभएको हो ।

‘महाधिवेशन सफल पारिदिनुभएकोमा सुरक्षाकर्मी दाजुभाइ दिदीबहिनीहरुलाई म धेरैधेरै धन्यवाद भन्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘सरकारको तर्फबाट यसमा सकारात्मक योगदान भएको छ, त्यसलाई पनि म धन्यवाद भन्छु ।’

मंसिर १० गतेबाट सुरु भएको महाधिवेशन मंगलबार साँझ सकिएको छ ।