
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभाको मंगलबारको बैठकमा उहाँले विश्वासको मत लिने प्रस्ताव पेस गर्नुभएको थियो । मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपस्थित नभएपछि मत विभाजन भने आज मात्रै गर्न लागिएको हो । एमालले चितवनमा जारी पार्टीको दशौं महाधिवेशनलाई कारण देखाउँदै मंगलबारको प्रदेश सभामा उपस्थिती नजनाएको हो । आज विश्वासको मत लिँदा मुख्यमन्त्री शाहीले प्रष्ट बहुमत पाउने देखिएको छ ।
यसैबीच, कर्णली प्रदेश मन्त्री परिषद्मा एक जना मन्त्री थप गरिएको छ । मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री विष्टले मंगलबार नै प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनियताको सपथ लिनुु भएको छ ।
प्रतिक्रिया दिनुहोस्