
काठमाडौं । टर्कीमा भारी बर्षापछि आएको आँधीमा ६ जनाको मृत्यु भएको छ । दक्षिणी तट आँधीका कारण प्रभावित भएको छ । प्रतिघण्टा ८१ माइलको बेगले आएको आँधीका कारण राजधानी इस्तानबुल लगायत शहरका अधिकांश घरहरु भत्केका छन् । सयौं सवारीसाधनमा क्षति पुग्नुका साथै ठाउँ ठाउँमा रुख ढल्दा यातायात सेवा समेत अवरुद्ध बनेको छ । सयौंको संख्यामा उद्धारकर्मीहरु परिचालन गरिएका छन् ।
केहि दिनदेखिको लगातर बर्षापछी आएको आँधीले थप क्षति पुर्याउन सक्ने भन्दै मौसमबिद्हरुले सर्वसाधारणलाई सचेत तुल्याएका छन् । आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्