१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नयाँ भेरियन्ट कमजाेर व्यक्तिहरु असर गर्ने, ६० वर्षमाथिकालाई यात्रामा ननिस्कन डब्ल्युएचओको सुझाव


0
Shares

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन महामारी रोक्न सामान्य यात्रा प्रतिबन्ध मात्रै पर्याप्त नहुने चेतावनी दिएको छ ।

ओमिक्रोन नियन्त्रणमा लागि बिश्वका थुप्रै राष्ट्रहरुले यात्रा प्रतिबन्ध लगाएको सन्दर्भ उल्लेख गर्दै डब्ल्युएचओले ६० बर्ष उमेर माथिका कुनै पनि देशका नागरिकलाइ यात्रा नगर्न सुझाव दिएको छ ।

डब्ल्युएचओले एक बिज्ञप्ती जारी गर्दै ओमिक्रोन कोरोना संक्रमित ब्यक्तिहरुका लागि झन खतरनाक सावित हुने भन्दै बिश्वभरका कोरोना संक्रमितहरुलाई बिशेष सावधानी अपनाउन भनेको छ ।

ओमिक्रोनबाट शारिरीक रुपमा कमजोर र दीर्घ रोगीहरु प्रभावित हुने भन्दै शारिरीक रुपमा तन्दरुस्त रहन समेत सबैलाई सल्लाह दिएको छ । बिज्ञप्तीमा कोरोना बिरुद्धको खोप अभियानलाई तीब्रता दिन र खोप नलगाएका ब्यक्तिहरुलाई तत्काल खोप लगाउन सल्लाह दिएको छ ।

यसअघिका कोरोना भेरियन्टहरु डेल्टा र डेल्टा प्लस भन्दा ओमिक्रोन खतरनाक रहेको भन्दै कमजोर प्रतिरक्षा प्रणाली भएका र दीर्घ रोगीहरु यसको शिकार हुनसक्ने चेतावनी पनि दिइएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको ओमिक्रोन फैलन नदिन बिश्वका कयौं राष्ट्रहरुले अफ्रिकी मुलुकहरुसंगको सम्पर्क टुटाएक छन् ।