१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसको मोरङ सभापतिमा लिम्बू विजयी


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको मोरङ जिल्ला सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित हुनु भएको छ । मंगलबार देउवा पक्षका उम्मेद्वार दिलीप गच्छदारलाई पराजित गर्दै कोइराला पक्षका लिम्बू दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो । लिम्बूले एक हजार ९०६ मत प्राप्त गर्दै विजयी हुनु भयो भने गच्छदारले एक हजार ४२२ मत प्राप्त गर्नुभयो ।

लिम्बू डा. शेखर कोइराला निकट हुनुहुन्छ । गच्छदारलाई भने सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौलाको समर्थन रहेको थियो ।

आइतबार भएको निर्वाचनमा तीन उम्मेद्वारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि मंगलबार निर्वाचन भएको थियो । निर्वाचनमा तीन हजार ३६० मत खसेको थियो ।

पहिलो चरणको निर्वाचनमा लिम्बुले एक हजार ५४४, गच्छदारले एक हजार १६६ र यदुकुमार विष्टले ५६३ मत पाउनु भएको थियो ।