
काठमाडौं । फिफा अरब कप फुटबल प्रतियोगिता कतारमा सुरु भएको छ । अर्को वर्ष कतारमा विश्वकप फुटबल सुरु हुनुभन्दा ठिक एक वर्ष अगाडी मंगलबारबाट अरब कप सुरु भएको हो ।
अरब कपको उद्घाटन खेलमा ट्युनिसियाले मौरितानियालाई ५–१ ले हराएको छ । पहिलो दिनका अन्य खेलहरुमा आयोजक कतारले बहराइनलाई १–० ले हराउँदा युएईले सिरियालाई २–१ ले पराजित ग¥यो । यसैगरी इराकले ओमानसँग १–१ गोलको बराबरीमा चित्त बुझायो ।
विश्वकप २०२२ का लागि तयार पारिएका रंगशालाहरुमा फिफा अरब कप फुटबल आयोजना गरिएको हो । प्रतियोगितामा एसिया र अफ्रिकाका १६ उत्कृष्ट अरब टिमहरुको सहभागिता रहेको छ ।
चार समुहमा विभाजित टोलीहरुलाई लिग कम नकआउटको आधारमा खेलाइदैछ । प्रतियोगिताको समुह ‘ए’ मा कतार, इराक, ओमान र बहराइन, समुह ‘बि’ मा ट्युनिसिया, युएई, सिरिया र मौरितानिया, समुह ‘सि’ मा मोरक्को, साउदी अरबयिा, जोर्डन र प्यालेस्टाइन तथा समुह ‘डि’ मा अल्जेरिया, इजिप्ट, लेबनान र सुडान रहेका छन् ।
प्रतियोगिताको फाइनल खेल कतारको राष्ट्रिय दिवसको अवसर पारेर डिसेम्बर १८ तारिखमा खेलाइने छ ।
प्रतिक्रिया दिनुहोस्