
काठमाडौं । साताको चौथो दिन आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । बजारमा सुन केही दिनदेखि घट्दै आइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्यमा पनि आज ५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्