२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


महिलाहरुको प्रयासमा घरघरमा धारा


611
Shares

डीबी विष्ट

बझाङ । वर्षाैंदेखि खानेपानीको समस्या झेल्दै आएका बझाङको छविसपाथिभेरा गाँउपालिका खोरीमा घरघरमा खानेपानीका धारा जडान भएपछि गाँउमा खुसीयाली छाएको छ । गाउँ नजिकै बग्ने खोलाको फोहोर पानी पिउँदै आएका स्थानीयका घरघरमा सफा पानीको धारा जडान भएपछि उनीहरुको जीवन शैलीमै परिवर्तन आउने भएको छ ।

जिल्लाको छविसपाथिभेरा गाँउपालिका वडा ७ खोरीका महिलाहरु एक जुट भएर ८४ लाख बराबरको खानेपानि निर्माणको कार्य सम्पन्न गरेका छन् । चुलो चौकोमा मात्रै सिमित नभई आफुहरु जागरुक भई बर्षे देखि फोहोर पानि खाँदै आएका गाउँमा स्वच्छ पानि त्यो पनि घरघरमा पु¥याएर महिलाले उदाहरणीय काम प्रस्तुत गरेका हुन् । सरकारले दिएको योजनालाई आफुहरुनै अग्रसर भएर खानेपानि योजनाको काम गरेको उनीहरु बताउछन् ।

योजना सम्पन्न गर्दा आफुहरुलाई सुरुमा ठुलो चुनौति आई लागेपनि विस्तारै पुरुषहरुले पनि साथ दिएको उपभोत्ता समितीका अध्यक्ष सुनिता कुमारी बुढा बताउँछीन् । अहिले गाँउमा एक घर एक धारा छ । पहिला दिसा पिसाब बगेको फोहोर पानी खानु परेका कारण यहाँका बालबालीका सहित प्राय सवै विरामी परिराख्थे । तर अहिले भने आफुहरु यो बाध्यता बाट छुटकारा पाएकोे स्थानीयको भनाई छ ।

छविसपाथीभेरा गाँउपालिका र ग्रामीण जलस्रोत ब्यावस्थापन परियोजनाको आर्थिक सहयोगमा गाँउमा खानेपानी योजना सम्पन्न भएको हो । महिला नै मिलेर काम गरेर ठुलो योजना सम्पन्न गरेको भन्दै गाँउपालिकाले एक लाख रुपैया नगद पुरस्कार समेत उनीहरुलाई हस्तान्त्रण गरेको छ । छविसपाथीभेरा गाउँपालिकालाई पुर्ण सरसफाई पालिका घोषणा गर्ने निति तथा कार्यक्रम अन्तरर्गत वडा नम्बर १ देखी ६ सम्म घोषणा भै सकेको र वडा नम्बर ७ लाई पनि पुर्ण सरसफाई टोल घोषणा गरेको गाँउपालिकाका अध्यक्ष अक्कल बहादुर धामीले बताउनुभयो ।

पुरुष प्रधान चिन्तन भएको बझाङ जस्तो विकट गाँउका महिलाहरुको सक्रीयता पछिल्लो समयमा बढ्दै जान थालेको छ । भौतीक पुर्वधार तथा विकास निर्माणका कामहरु पुरुषले मात्रै नभई महिलाहरु एक्लैले पनि गर्न सक्छन् भन्ने बलियो उदाहरण यहाँका महिलाहरुले दिएका छन् ।