१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


देशका बाह्य हस्तक्षेप बढ्यो, पहिचानका लागि हिन्दु राष्ट्र अपरिहार्य : संस्थापक अध्यक्ष चन्द


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दले नेपालमा बाह्य हस्तक्षेप बढेको बताउनुभएको छ ।

भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा वरिष्ठ नेतासमेत रहनुभएका चन्दले देशमा बाह्य हस्तक्षेप बढिरहेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक पार्टीको नेताको हैसियतले न्यायलयमा देखिएको विकृतिको केही जिम्मेवार आफू पनि भएको बताउँदै उहाँले न्यायलयको सवालमा कोही पनि जिम्मेवार नदेखिएकोमा दुःख व्यक्त गर्नुभयो ।

जनताले स्थायी संस्थाको अपेक्षा गरेको भन्दै चन्दले राजालाई उचित स्थान दिनुपर्नेमा जोड दिनुभयो । पदमा नहुँदा पनि राजाको पछि मान्छे लागेको भन्दै उहाँले राजसंस्थालाई उचित स्थानमा राख्नुपर्ने बताउनुभयो ।

देशमा संकट पर्दा बोलाएर छलफल गर्ने अभिभावक मुलुकलाई आवश्यक रहेको भन्दै संस्थापन अध्यक्ष चन्दले भोलिका दिनमा जनताले राजतन्त्रलाई नै स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकमा धार्मिक पर्यटन र पहिचानका लागि पनि देशलाई हिन्दु राष्ट्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘रोममा भेटिकन सिटी इसाइहरुको स्थान, मक्का मदिना मुस्लिमहरुको छ, त्यो सम्मान मुलुकले पाउँथ्यो किन भन्ने हाम्रो चाहना हो,’ उहाँले भन्नुभयो, ‘धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र अपरिहार्य छ ।’