१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्रपालाई माधव नेपालको आग्रह– ‘परिवर्तनलाई आत्मसाथ गर्नुस्, पछाडि नफर्किनुस्’


0
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राप्रपालाई परिवर्तनलाई आत्मसाथ गर्न आग्रह गर्नुभएको छ ।

भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा नेपालले परिवर्तनलाई आत्मसाथ गर्दै अघि बढ्न भन्दै पछाडि नफर्कन आग्रह गर्नुभयो । राजसंस्था र हिन्दुराष्ट्रको पछि लागेर परिवर्तनलाई उल्ट्याउन नलाग्न पनि उहाँले राप्रपा नेतृत्वमाथि आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले राष्ट्रवादको ब्राण्ड, प्रजातन्त्रको ब्राण्ड तथा समाजवाद र समानताको ब्राण्ड गरी देशका राजनीतिक पार्टीमा तीनवटा ब्राण्ड रहेको बताउनुभयो ।

नेपालमा दुई देशको बीचमा रहेकाले बाह्य हस्तक्षेप बढेकाले त्यसको मिलेर सामना गर्नुपर्ने बताउनुभयो । सम्बोधनको सुरुदेखि कम्युनिष्ट पार्टीको बखान गर्नुभएका उहाँले प्रजातन्त्र र लोकतन्त्रप्राप्तिका लागि दलहरुको योगदानको सम्मान गर्नुभयो ।

परिवर्तन आजको नारा भएको बताउँदै उहाँले त्यसका लागि नविनतम सोचको आवश्यकता रहेको बताउनुभयो । आफूहरु गफाडी नहुने र काम गरेर जनतलाई सहजता उपलब्ध गराउनेतर्फ लागेको जिकिर गर्नुभयो ।

विदेशीहरुको गरेको हस्तक्षेपबारे सम्पूर्ण राजनीतिक दल र नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै राप्रपाले राष्ट्रिय एकताको झण्डा फहराइरहन आग्रह गर्नुभयो ।