
काठमाडौं । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ ।
बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएसँगै उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
विपक्षी नेकपा (एमाले)का सांसद अनुपस्थित रहेको प्रदेशसभामा उपस्थित २२ सदस्यले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले विश्वासको मत पाएको घोषणा गर्नुभयो ।
मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसद्ले मत दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्