१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राजा र जनताबीच एकता हुनुपर्छ, लोकतन्त्रवादीहरू राजसंस्थासँग नझस्क : अध्यक्ष थापा


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा र जनताबीच एकता हुनुपर्ने बताउनुभएको छ ।

भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा देशमा राजतन्त्रको आवश्यका रहेको औंल्याउँदै राजा र जनताबीच एकता हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय हितका लागि राजा र जनताबीचको एकता तथा राष्ट्रियता र प्रजातन्त्रबीचको सामन्जस्यता अहिलेको आवश्यकता हो ।’

उहाँले देशमा विदेशी हस्तक्षेप बढेको, संवैधानिक अंगहरु भासिएको र राजनीतिक दलहरुबीच एकअर्काप्रतिको कटुतापूर्ण सम्बन्धले राष्ट्रिय एकता संकटमा परेको बताउनुभयो ।

‘अहिले पनि देशलाई राष्ट्रिय मेलमिलापको आवश्यकता छ, राष्ट्रियता र एकता देशको आवश्यकता हो,’ उहाँले भन्नुभयो, ‘लोकतन्त्रवादी शक्तिहरु राजसंस्थासँग नझस्क, राजसंस्था पक्षहरु लोकतन्त्रबाट नडराउ ।’

राप्रपाले २०६३ अघिको अवस्थामा देशलाई फर्काउन नचाहेको बताउँदै अध्यक्ष थापाले आफूहरु मध्यधारमा रहेको उल्लेख गर्नुभयो ।

‘राप्रपा परिवर्तन विरोधी होइन, पुरानो व्यवस्थामा फर्कन खोजेको होइन, सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र,’ उहाँले भन्नुभयो, ‘राजादेखि विप्लव नेकपासम्म अटाउने व्यवस्थाको लागि हामी लागिपरेका छौं ।’

आफूहरुले सबै धर्मको सम्मान गर्ने बताउँदै उहाँले देश र नेपालीको पहिचानका लागि पनि देशालाई हिन्दुराष्ट्र बनाउनुपर्ने पक्षमा आफूहरु लाागेको छ । धर्म निरपेक्षताको आडमा सनातन हिन्दु धर्मलाई सखाप पार्न लागिएको भन्दै उहाँले देशमा नेपालीको पहिचानका लागि हिन्दुराष्ट्र आवश्यक रहेकोको जोड दिनुभयो ।

आफूहरुले पनि निरङ्कुश राजतन्त्र नचाहेको भन्दै परम्परादेखि चलिआएको राजसंस्थालाई उचित स्थान दिनुपर्नेमा जोड दिनुभयो । राजसंस्था भूराजनीतिक बाध्यता भएको दाबी गर्दै उहाँले यसलाई बिर्सेको खण्डमा देशको अस्तित्व गुमाउने चिन्ता व्यक्त गर्नुभयो ।

गणतन्त्र, लोकतन्त्र र धार्मिक स्वतन्त्रतलाई निषेध नगरी मध्यमार्गमा हिड्नुपर्ने अध्यक्ष थापाको भनाइ छ ।