
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूहरूको नारा ‘राजा आऊ, देश बचाऊ’ नहेको बताउनुभएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा एकता महाधिवेशनमा सम्बोधनका क्रममा अध्यक्ष थापाले आफूहरूले ‘राजा आऊ, देश बचाऊ’को नारा नलगाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो नारा ‘राजा आऊ, देश बचाऊ’ होइन, ‘जनता आऊ, राजा ल्याउ,’ हो ।’
अध्यक्ष थापाले देश अभिभावकविहीन भएको बताउँदै अभिभावकको रुपमा राजासंस्थाको आवश्यता रहेको औंल्याउनुभयो ।
सम्बन्धित समाचार
राजा र जनताबीच एकता हुनुपर्छ, लोकतन्त्रवादीहरू राजसंस्थासँग नझस्क : अध्यक्ष थापा
प्रतिक्रिया दिनुहोस्