२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


क–कसले पाउलान् कांग्रेसमा प्रदेश सभापतिको टिकट ?


26
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १८ गते ७ प्रदेशको नेतृत्व छनाेट हुँदैछ ।

प्रदेश सभापतिका लागि कांग्रेसको संस्थापन अर्थात सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र संस्थापन इतर अर्थात वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट आकांक्षी धेरै देखिएका छन् ।

दुवै पक्षका प्रदेश सभापतिका दावेदारहरूले छुट्टा–छुट्टै आफ्नो उम्मेदवारीको प्रचार गर्दै हिडेपछि संस्थापन र संस्थापन इतरलाई क–कसलाई उम्मेदवार बनाउने भन्ने संकट देखिएको छ । यद्यपि दुवै उम्मेदवारको अन्तिम नामावली तयार गर्ने गृहकार्यमा जुटेका छन् ।

यस्ता छन् संस्थापन र संस्थापन इतरका प्रदेश सभापतिका दावेदार :

प्रदेश– १
संस्थापन– अमृत अर्याल र उद्धव थापा
संस्थापन इतर– राजीव कोइराला र गुरुराज घिमिरे

प्रदेश– २
संस्थापन– कृष्णा यादव र अजय द्विवेदी
संस्थापन इतर– रामकुमार यादव
विमलेन्द्र निधिपक्ष– रामसरोज यादव

बागमती प्रदेश
संस्थापन – इन्द्र बानियाँ, भीमसेनदास प्रधान
संस्थापन इतर – जगदीश्वर नरसिंह केसी,राजुराज जोशी र मधु आचार्य

गण्डकी प्रदेश
संस्थापन– अर्जुनप्रसाद जोशी
संस्थापन इतर– यज्ञबहादुर थापा, शुक्रराज शर्मा, देवराज चालिसे र रघुनाथ पौडेल

लुम्बिनी प्रदेश
संस्थापन– भरतकुमार शाह र देवेन्द्रराज कँडेल
संस्थापन इतर– अमरसिंह पुन

कर्णाली प्रदेश
संस्थापन– राजीवविक्रम शाह र ललितजंग शाही
स्थापन इतर– भूपेन्द्रजंग शाही र दीपकजंग शाह

सुदूरपश्चिम प्रदेश
संस्थापन– गोविन्द विक्रम शाह, नरनारायण शाह, अर्जुनजंग सिंह र गोविन्द बोहरा
संस्थापन इतर– कमल शाह र भरत खड्का

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।