
काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार छापावाल सुनको मूल्य स्थिर रहेर प्रतितोला९१ हजार ५०० रुपैयाँमै कारोबार भइरहेको छ ।
बुधबार पनि प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । केही दिनदेखि घट्दै आइरहेको सुन आज स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम नै छ ।
चाँदीको मूल्यमा भने आज १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्